आ.व. २०७७/७८ मा कोभिड–१९ बाट मृत्यु हुनुभएका साना किसान परिवारका १००१ जनाका आश्रित परिवारलाई वित्तीय संस्थाको तर्फबाट जनही रु. १० हजारका दरले कुल रु. १ करोड १० हजार राहत सहयोग वितरण गरिएको थियो । उक्त कार्यक्रमका केही झलकहरू
बर्दिया जिल्लाको राजापुर क्षेत्रमा मिति २०७८ साल कात्तिक २ गते आएको बाढीबाट पिडित राजापुर नगरपालिका–१ दौतलपुरका ४४८ घरधुरी, राजापुर नगरपालिका–४ राजापुरका १०० घरधुरी र गेरुवा गाउँपालिका –२ र ३ का १९५ घरधुरी गरी जम्मा ७४३ घरधुरीलाई प्रतिपरिवार ४० के.जी. का दरले २० लाख २० हजार ९ सय ६० रुपैयाँ बराबरको जम्मा २९,७२० के.जी. गहुँको बिउ वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा शरद साना किसान कृषि सहकारी संस्था लि. दौलतपुर, दिदी बहिनी साना किसान सहकारी संस्था लि. राजापुर, शिशिर साना किसान कृषि सहकारी संस्था लि. पाताभार, साना किसान कृषि सहकारी संघ लि. बर्दिया र यस वित्तीय संस्थाको इलाका कार्यालय नेपालगञ्ज समेतको समन्वय रहेको थियो । उक्त कार्यक्रमका केही झलकहरू ।