वित्तीय संस्थाको आ.व. २०७९/८० को प्रगति समीक्षा तथा आ.व. २०८०/८१ को रणनीति तर्जुमा गोष्ठी सम्बन्धमा !!!
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय, काठमाडौँले मर्जर पश्चात वार्षिक समीक्षा गोष्ठी तथा रणनीति तर्जुमा गोष्ठी मिति २०८० भदौ ८–९ सञ्चालन गरेको थियो ।
उक्त कार्यक्रमको प्रमुख उद्देश्य भनेको केन्द्रीय कार्यालयको उच्च पदस्थ कर्मचारी तथा शाखा कार्यालयका प्रबन्धकहरुको उपस्थितिमा साझेदार संस्थाहरूको आ.व. २०७९/८० को वार्षिक समीक्षा तथा आ.व. २०८०/८१ को रणनीति तर्जुमा सञ्चालन गर्नुका साथ साथै, मर्जरपश्चात यस वित्तीय संस्थाका शाखा कार्यालयका प्रबन्धक र केन्द्रीय कार्यालयका व्यवस्थापन तह वा सोभन्दा माथिका कर्मचारीहरूबिच एक आपसमा घुलमिल, अझै सुदृढ तथा मैत्रीपूर्ण कर्मचारी सम्बन्ध विकास गरी teamwork मा काम गर्न उत्प्रेरित गर्नु पनि रहेको थियो ।