

शाखा कार्यालय पोखरा अन्तर्गत साझेदार ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लि. अर्जुनचौपारीको कार्यक्षेत्र अन्तर्गत कौडीखोला दलित वस्तीमा खानेपानी व्यवस्थापन गरिएको छ । कुल लागत रु. ५,००,०००/– लागेको सो परियोजनाको लागि वित्तीय संस्थाद्वारा रकम रु. ३४०,०००/– सहयोग उपलब्ध गराइएको थियो । जसबाट सो बस्तीमा रहेका २५ परिवारलाई प्रत्येक घरधुरीमा खानेपानी धारा जडान गरि खानेपानी समस्याको समाधान भएको छ ।

